काठमाडौं - समृद्धि फाइनान्सले आफ्नो ८औं शाखा जनकपुर विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन आज एक औपचारिक कार्यक्रम गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जनकपुर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेका छन् । कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह, जनकपुर उवासंघका अध्यक्ष जितेन्द्रकुमार महासेठ, नेपाल राष्ट्र बैंककी सञ्चालक नीरा ताल्चाभडेललगायतको उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबारसम्बन्धी जानकारी गराएका थिए
आजबाट समृद्धि फाइनान्सको ८ वटै शाखा कार्यालयबाट औपचारिक रुपमा कारोबार सञ्चालन भएको जानकारी फाइनान्सले गराउको छ ।
प्रतिक्रिया