काठमाडौं - कृषि विकास बैंकले निक्षेपको व्याजदर बढाएको छ । बैंकले जारी गरेको सूचनाअनुसार यही असोज १ गतेदेखि लागू हुने गरी निक्षेपका विभिन्न शीर्षकको ब्याजदरमा वृद्धि गरेको हो ।
अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने क्रममा बैंकले हालै रिकरिङ खाताको प्रोडक्ट जारी गरी नियमित, मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक किस्तामा रकम जम्मा गरी खाता खोल्न सकिने प्रोडक्ट जारी गरेको छ ।
बैंकले आफ्नो नयाँ सेवा ‘लखपति करोडपति धमाका’ ल्याएको छ । यसमा हजार राखे लाख र लाख राखे करोड पाउनुका साथै न्यूनतम रकम र निश्चित अवधिमा राखिएको रकमको दुईगुणा, तीनगुणा र पाँचगुणा हुने गरी प्रतिफल प्राप्त गर्न जम्मा गर्नुपर्ने निक्षेप रकम र अवधि घटाएको छ ।
साथै बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा बैंकमा गई लखपति करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, सेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबै नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्दति, सेवानिवृत्त कर्मचारी मुद्दति, छोरी छोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, सीआरएन, लकर सेवामा विशेष छुट प्रदान गरेको छ ।
प्रतिक्रिया