काठमाडौं, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले असोज २८ गते चौथो वार्षिक साधारण सभा डाकेको छ । बसुन्धारास्थित दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा दिनको १ बजे साधारणसभा शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
साधारणसभामा हाल कायम चुक्तापूँजीको ३६ करोडको ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको हाल कायम चुक्तापूँजीलाई बृद्धि गरी ७० करोड पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ ।
त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया