बैंकिङ क्षेत्रका तीन जना प्रशासक विभुषित

३ बर्ष अगाडि

काठमाडौं, सरकारले संविधान दिवसको अवसरमा बैंकिङ क्षेत्रका तीन जना प्रशासकलाई विभुषित गर्ने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा प्रकाशित सूचना अनुसार एनएमबि बैंकका सिईओ सुनिल केसीलाई प्रबल जनसेवाश्रीबाट विभुषित गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, नबिल बैंकका सिईओ ज्ञानेन्द्र ढुंगानालाई पनि प्रबल जनसेवाश्रीबाट विभुषित गर्ने निर्णय गरिएको छ । यस वर्ष नेपाल बैंकिङमा विशिष्ट योगदान पुर्याए बापत उक्त विभुषणबाट सम्मानित गने निर्णय गरिएको हो ।

त्यस्तै, प्रभु बैंकका डेपुटी सिईओ मनिराम पोख्रेललाई राष्ट्र यशोवर्द्धक पदकबाट सुशोभन गर्ने निर्णय गरिएको छ । त्यस्तै बैंकर दिनेश थकाली र रुक्मिणी कुमारी ज्ञवालीलाई समेत राष्ट्र यशोवर्द्धक पदकबाट सुशोभन गर्ने निर्णय गरिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया