३० प्रतिशत लाभांश प्रस्ताव गरेको नेपाल ल्युव आयल डाक्यो साधारण सभा, कहिले हुदैँछ बुकक्लोज ?

३ बर्ष अगाडि

नेपाल ल्युव आयल लिमिटेडले लाभांश पारित गर्न साधारण सभा डाकेको छ । कम्पनी सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले असोज २८ गते बिहान ११ः३० बजे याक प्यालेस, पुल्चोक ललितपुरमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । 

कम्पनी सञ्चालक समितिले सिफारिस गरे बमोजिम २५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीको प्रस्तावित बोनस शेयर बराबरको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित पारित गर्नेछ ।

यस्तै सभाले कम्पनीको अधिकृत एवंम जारी पूँजी ५ करोड रुपैयाँबाट थप गरी १० करोड रुपैयाँ पुर्याउने प्रस्ताव प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनाको लागि कम्पनीले असोज १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार असोज १३ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया