मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट, कतिको भयो कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं-साताको तेस्रो दिन (मंगलबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बैंकहरुको ब्याजदर परिवर्तनसँगै प्रभावित भएको शेयर बजार आज पनि उच्च अंकले घट्न पुगेको हो । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० को विन्दुमा कायम भएको छ । 

आज शेयर बजारमा २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैंया बराबरको कारोबारभएको छ ।

मंगलबार स्वाभिमान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको २ प्रतिशत, तेह्रथुम पावरको २ प्रतिशत र सिभिल लघुवित्तको १.३८ प्रतिशतले घटेको छ।

यता कालिका पावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने बरुण हाइड्रोपावरको ८.१९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ७.९४ प्रतिशत र समृद्धि फाइनान्सको ६.७२ प्रतिचशतले घटेको छ।

मंगलबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ५ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडि पावरको ५ करोड ३५ लाख, नबिल बैंकको ४ करोड ७३ लाख र अरुण काबेली पावरको ३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ जसमा विकास बैंक, फाइनान्स र हाइड्रोपावर उपसमूहको सूचक ३ प्रतिशतभन्दा धेरै घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया