भोलिदेखि ९५ लाख ३५ हजार बढी कित्ता हकप्रद शेयर निष्कासन गर्दै राधी विद्युत

३ बर्ष अगाडि

काठमाडौं- राधी विद्युत कम्पनीले भोलि (बुधवार) देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १४७.५२ प्रतिशत अर्थात् १ः१.४७५२ अनुपातमा रु. १०० अंकित दरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले भदौ १२ गते बुक क्लोज गरिसकेको छ ।

यस आधारमा भदौे १० गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रद शेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालय र मेरोशेयर वेबसाइट र एपमार्फत आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया