आशा लघुवित्तको ३ लाख कित्ता शेयर लिलामीमा, कस-कसले दिन पाउँछन् आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असोज ४ गते) देखि ३ लाख कित्ता शेयर लिलामी मार्फत बिक्री खुला गरेको छ। 

संस्थाले संस्थापक समूहको ३ लाख कित्ता शेयर बिक्रीमा राखेको हो। यो लिलामी शेयरमा संस्थाका संस्थापक शेयरधनी, अन्य व्यक्ति तथा विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतममा १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्। बोलपत्र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १२ गते बैंकिङ समयसम्म तोकिएको छ। 

 

३ बर्ष अगाडि

प्रतिक्रिया