समायोजनपछि एशियन लाइफ इन्स्योरेन्स शेयर कारोबार कतिमा ?

३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्ज (नेप्सें मा एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ४७१ रुपैयाँ ६२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले असोज १३ गते, बिहीबार, १४ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे शुरु हुनेछ। सभाको मिटिङ्ग आईडी तथा पासवर्ड इमेल मार्फत उपलब्ध गराइने इन्स्योरेन्सले बताएको छ।

सभाले गत आर्थिक वर्ष २०७७र७८ सम्मको सञ्चित नाफाबाट इन्स्योरेन्सको चुक्ता पूँजीको १४.५० प्रतिशत बोनस शेयर, कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया