मारिने प्यालेष्टिनी प्रदर्शनकारीको सङ्ख्या १५ पुग्यो

७ बर्ष अगाडि

गाजा शहर- गाजा क्षेत्रमा प्यालेष्टिनी समूहले गरेको प्रदर्शनमा इजरायली सेनाद्वारा चलाएको गोली लागि मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या शनिबार १५ पुगेको छ । 

प्यालेष्टिनी स्वास्थ्यमन्त्रालयले भनेको छ, “सीमा नजिकैको गाजा क्षेत्रका विभिन्न स्थानमा गरिएका प्रदर्शनमा इजरायली सेना र प्यालेष्टिनी समूहहरूबीच भएका झडपमा परी १५ जना प्यालेष्टिनीको मृत्यु भएको छ भने एक हजार ४०० भन्दा बढी घाइते भएका छन् ।” 

छ हप्ता लामो आन्दोलनको घोषणा गरेको प्यालेष्टिनी समूह शुरुमै गाजा र इजरायलको सीमा छुट्टयाइएको सीमापर्खालतिर प्रदर्शन गर्दै अघि बढेपछि भएका झडपमा ठूलो सङ्ख्यामा प्यालेष्टिनी प्रदर्शनकारी घाइते बनेका हुन् । 

गाजा क्षेत्रबाट प्राप्त समाचारमा भनिएको छ, इजरायली सेनाले रबरका गोली, अश्रुग्यास तथा ‘लाइभ फाएर’ द्वारा आक्रमण गरेको थियो । प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा घाइतेमध्ये अधिकांश रबरले मोडिएका स्टीलका गोली तथा अश्रुग्यासको असरले प्रभावित भएका जनाइएको छ । 

झण्डै आधा घण्टाको समयमा दुई दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते अवस्थामा अस्पताल पु¥याइएको थियो । 
तर इजरायली सीमा सुरक्षा बलले शनिबार एक विज्ञप्ति जारी गरी “गाजा क्षेत्रबाट हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले सीमास्थित सुरक्षाबारतर्फ आक्रमण गरेपछि बाध्यभएर दङ्गा नियन्त्रणको उपाय अवलम्बन गरेको र केही राउण्ड गोलीसमेत चलाएको” जनाएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया