काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले एक कर्मचारी बैंकको सेवाबाट हटाएको छ । । बैंकले जलेश्वर शाखा कार्यालयमा कार्यरत सहायक अनिल कुमार चौधरीलाई बैंकको सेवाबाट हटाएको हो ।
बैंकको निर्णयअनुसार कर्मचारी सेवा विनियमावली २०७० को विनिमय ४५ को उपविनिमय (४) बमोजिम बिदा स्वीवकृत नगराई ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेका महोत्तरी जिल्ला, औरही नगरपालिका वडा नं.१ का चौधरीलाई गयल खारेज गरी कार्यालयमा अनुपस्थित रहेको मिति गत असोज २२ गतेदेखि लागू हुनेगरी बैंकको सेवाबाट हटाइएको हो ।

प्रतिक्रिया