काठमाडौं,सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७८र७९ को प्रतिफल वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।
योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा इक्विटी फन्डको प्रतिफल वितरणार्थ यही असोज ९ गते एक दिन बुक कलोज गर्ने निर्णय गरेको हो। यसको मतलब असोज ६ गते (असोज ७ गते शुक्रबार र ८ गते शनिबार)सम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको प्रतिफल पाउन योग्य हुनेछन्।
सानिमा इक्विटी फन्डको गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकमबाट योजनाका इकाइधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ। जसअनुसार इकाइधनीहरुलाई कुल २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया