प्राइम कमर्सियल बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर, कुन खातामा कति ?

३ बर्ष अगाडि

काठमाडौं, प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ ब्यादर सार्वजनिक गरेको छ । बैंकले हिजो (असोज १ गते)देखि लागू हुनेगरी नयाँ ब्याजदर आज प्रकाशन गरेको हो ।

बैंकले बचत खाता अन्तर्गत न्यूनतम ७.१३ प्रतिशत देखि अधिकतम १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै बैंकले मुद्दती योजनाअन्र्तगत भने न्यूनतम १२.१३ प्रतिशतदेखि अधिकतम १४.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै, यता बैंकले प्राइम रेकरिङ डिपोजिटमा १२.१३ प्रतिशत र प्राइम रेकरिङ रेमिट डिपोजिटमा १४.१३ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । साथै रेमिट्यान्स खाता अन्तर्गत बैंकले न्युनतम २.४० प्रतिशतदेखि अधिकतम १२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया