प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से, साढे १ लाख बढीको  कारोबार

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक घटेको छ।

गत शुक्रबार १४.१० अंक घटेर १९१०.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१८ अंक घटेर १९१०.२० विन्दुमा झरेको छ। 

आइतबार प्रि ओपन सेसनमा १७ स्टकको १ लाख ६६ हजार १०४ रुपैयाँ बराबरको ४५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ वटा स्टकको मूल्य बढेको छ भने ७ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया