सानाकिसान विकास र आरएमडिसी लघुवित्तबीच मर्जर सम्झौता

३ बर्ष अगाडि

काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेड र आरएमडिसी लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । यी दुई संस्थाबीच एकआपसमा गाभिने उद्देश्यले शुक्रबार समझदारी भएको हो । 

मर्जरका लागि सेयर आदानप्रदान अनुपात १००ः८७ कायम हुने सहमति भएको छ । यसको अर्थ आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् ।

यसैगरी, दुबै संस्थाका संस्थापक समूहबाट २र२ जना, सर्वसाधारण समूहबाट १:१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति समेत भएको छ । 

एकआपसमा गाभ्नेरगाभिने कार्य सम्पन्न भएपछिको एकिकृत वित्तीय संस्थाको नाम “साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड हुने समेत समझदारीपत्रमा उल्लेख छ । 

मर्जरको समझदारीपत्रमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष सुजाता जोशीले हस्ताक्षर गरेका थिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया