आइएमई जनरल इन्स्योरेन्स र इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटल बीच सेवा प्रदान गर्ने सम्झौता

३ बर्ष अगाडि

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटल प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी  र इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलका हस्पिटल डाइरेक्टर रामनन्दनप्रसाद चौधरीले हस्ताक्षर गरेका थिए । 

यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया