सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदनको ओइरो, १ करोड बढी कित्ता शेयर खरिदमाग

३ बर्ष अगाडि

काठमाडौं- सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा झन्डै १० लाख आवेदन परेको छ ।  

कम्पनीको आईपीओ शुक्रबार दिउँसो १ः४२ बजेसम्ममा ९ लाख ७२ हजार ७९३ वटा आवेदनबाट १ अर्ब १० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ३७ हजार ४५० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १०.४३ गुणा बढी हुन आउँछ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि मात्रै आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकाले असोज २ गते सम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया