शुक्रबार शेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता, कतिको भयो त कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । 

अघिल्लो दिन उच्च अंकले घटेको  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४.१० अंकले घटेर १९१०.३८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज कारोबारको दुई घण्टामा नेप्सेमा २९ लाख १६ हजार २७१ कित्ता शेयर खरिदबिक्री हुदाँ ९० करोड ८१ लाख ८६ हजार ४८७ रुपैंया बराबरको कारोबार भएको छ ।  

यस दिन कारोबारमा आएको नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य सर्वाधिक ७.८७ प्रतिशत बढेको छ। त्यसैगरी, बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ५.७५ प्रतिशत बढेको छ। यस दिन मिर्मिरे माइक्रोफाइनान्स रिभर फल्स र अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

शुक्रबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक यस दिन ०.०१ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया