काठमाडौं- साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ ।
अघिल्लो दिन उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४.१० अंकले घटेर १९१०.३८ को विन्दुमा कायम हुन पुगेको छ ।
आज कारोबारको दुई घण्टामा नेप्सेमा २९ लाख १६ हजार २७१ कित्ता शेयर खरिदबिक्री हुदाँ ९० करोड ८१ लाख ८६ हजार ४८७ रुपैंया बराबरको कारोबार भएको छ ।
आज सर्वाधिक रिडी हाइड्रोपावरको ४ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ३ करोड २ लाख, नबिल बैंकको ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८४ लाख र अपि पावरको २ करोड ७५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
प्रतिक्रिया