काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।
कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँको १५.७९ प्रतिशतले हुन आउने १ अर्ब २९ हजार ५९ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नियमक निकाय बीमा समितिबाट स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।
प्रतिक्रिया