काठमाडौं, साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब साढे ३ अंक घटेको छ।
बिहीबार ५७ अंक घटेर १९२४.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.४३ अंक घटेर १९२१.०५ विन्दुमा झरेको छ।
शुक्रबार प्रि ओपन सेसनमा १९ स्टकको १६ लाख ६१ हजार ५५ रुपैयाँ ६० पैसा बराबरको ३ हजार ७२९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ वटा स्टकको मूल्य बढेको छ भने १७ वटाको घटेको छ।
प्रतिक्रिया