सिक्लेस हाइड्रोपावरको आईपीओमा ७ लाख बढीको आवेदन, ८० लाख ६६ हजार भन्दा धेरै कित्ता खरिदमाग

३ बर्ष अगाडि

काठमाडौं, सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा ७ लाख बढीको आवेदन परेको छ ।

कम्पनीको आईपीओ बिहीबार साँझ ५ः०२ बजेसम्ममा ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको ८० लाख ६६ हजार १४० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता शेयरको ७.६२ गुणा बढी हुन आउँछ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि मात्रै आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकाले असोज २ गते सम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया