कुमारी बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका, ११ प्रतिशत ब्याजदर

३ बर्ष अगाडि

काठमाडौं- कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज (भदौ ३१ गते) अन्तिम दिन रहेको छ। 

बैंकले गत भदौ १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको हो। जसमा सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ छुट्याइएको छ। बाँकी इकाइमा सर्वसाधारणले खरिद आवेदन पेस गर्न सक्नेछन्। 

यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १२ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ। 

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ। मेरो सेयरबाट अनलाइन खरिद आवेदन पेस गर्न सकिनेछ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया