काठमाडौं, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ म्युचुअल फण्डलाई इकाइ निष्कासन अनुमति दिएको छ।
सेबोनले नबिल फ्लेक्स क्याप फण्ड र सानिमा ग्रोथ फण्डलाई निष्कासन अनुमति दिएको हो।
नबिल फ्लेक्स क्याप फण्ड खुलामुखी योजना हो। यो योजनाका १० अंकित दरका ७ करोड ५० लाख इकाइ बिक्री गर्न सेबोनले अनुमति दिएको छ।
यो म्युचुअल फण्डको योजना व्यवस्थापकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
यसैगरी सानिमा ग्रोथ फण्ड बन्दमुखी योजना हो। यो योजनाका कुल १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री गर्न सेबोनले अनुमति दिएको छ।
यो म्युचुअल फण्डको योजना व्यवस्थापनमा सानिमा क्यापिटल रहेको छ।
प्रतिक्रिया