आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए,कुन कम्पनीको कति ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पाँचौ कारोबारको दिन (बिहीबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । दुई उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) जसरी बढेको थियो त्यस्तै गरि नै आज ओरालो लागेको हो । 

नेप्से परिसूचक ५७ अंकले घटेर १९२४.४८ विन्दुमा झरेको छ । आज शेयरबजार घटेपनि कारोबार रकम भने सुधार देखिएको छ । केही दिनयता करोडमा झरेको कारोबार आज २ अर्बमाथि पुगेको छ । 

नेप्से परिसुचक घटेसँगै एनआईसी एसिया फ्लेक्सी फण्डको ८ प्रतिशतले सर्वाधिक गुमाएको छ ।

त्यस्तै, समुद्धि फाइनान्स कम्पनीको ७.३५, श्वेतगँगा हाइड्रोपावरको ७.०४, अप्पर सोलु हाइड्रोपावरको ६.९६ र लाइबर्टी इनर्जी कम्पनीको ६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया