काठमाडौं, साताको पाँचौ कारोबारको दिन (बिहीबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । दुई उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) जसरी बढेको थियो त्यस्तै गरि नै आज ओरालो लागेको हो ।
नेप्से परिसूचक ५७ अंकले घटेर १९२४.४८ विन्दुमा झरेको छ । आज शेयरबजार घटेपनि कारोबार रकम भने सुधार देखिएको छ । केही दिनयता करोडमा झरेको कारोबार आज २ अर्बमाथि पुगेको छ । आज नेप्सेमा ६९ लाख ४० हजार ५९६ कित्तँ शेयर कित्ता खरिदबिक्री हुदाँ २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैंयाको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक लक्ष्मी बैंक लिमिटेडको २१ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, रिडी हाइड्रोपावरको ११ करोड ६४ लाख, अपि पावरको ७ करोड ३५ लाख, एनटिसीको ६ करोड ६८ लाख, हिमालय डिस्टिलरीको ५ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया