बैंकर्स संघको भद्र सहमति खारेज, अब बैंकले स्वतन्त्र रुपमा ब्याजदर तोक्न पाउने

३ बर्ष अगाडि

बैंकर्स संघले विगत ६ महिनादेखि निक्षेपमा ब्याजदर नबढाउने गरी गर्दै आएको भद्र सहमति खारेज गरेको छ। बिहीबार बसेको संघको कार्यसमिति बैठकले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको हो।

गत फागुनदेखि नै बैंकहरुले निक्षेपको ब्याज बढाएका छैनन्। सबै बैंकले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिँदै आएका थिए। तर केहि बैंकले भद्र सहमति तोडेर धेरै ब्याज दिन थालेपछि बैंकर्स संघले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको हो।

अब बैंकहरुले असोजको लागि आफैले ब्याजदर निर्धारण गर्न सक्ने छन्। तर राष्ट्र बैंकले अघिल्लो महिनामो औसत ब्याजदरको १० प्रतिशत मात्रै बढाउन पाउने व्यवस्था गरेकोले असोजमा बैंकहरुले अधिकतम १२.१३ प्रतिशत ब्याजदर कायम गर्न पाउने छन्।

बैंकहरुले असोजमा निक्षेपको ब्याजदर बढाउदा त्यसले आधार दर बढ्ने र कार्तिकदेखि नै कर्जामा समेत ब्यामजदर बढाउन पाउने भएकोले पनि असोजमा ब्याजदर बढ्ने सम्भावना रहेको बैंकरहरु बताउछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया