तरलता व्यवस्थापन गर्न २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

३ बर्ष अगाडि

काठमाडौं- तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (भदौ ३० गते) २० अर्बको रिपो जारी गर्ने भएको छ।

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो असोज ६ गते परिपक्व हुने यो रिपो आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।
 

३ बर्ष अगाडि

प्रतिक्रिया