काठमाडौं, बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २ अंक बढेको छ।
बुधबार ४७.४४ अंक बढेर १९८१.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७७ अंक बढेर १९८३.२६ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा १९ स्टकको २ लाख २२ हजार २५६ रुपैयाँ बराबरको ३६५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ वटा स्टकको मूल्य बढेको छ भने ५ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया