काठमाडौं - वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १२ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले उपलब्ध गराएको तथ्याँक अनुसार साउन अन्तिमसम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर ११.९४ प्रतिशत पुगेको हो ।
कोभिडका कारण करिब १८ महिना एकल अंकमा झरेको बैंकहरुको कर्जाको औसत ब्याजदर पुनः महंगिदै गएको हो । विगत १ वर्षमा नै बैंकको ब्याजदर करिब साढे ४ प्रतिशत विन्दुले बढेको छ ।
आर्थिक वर्ष २०७७/७८ को अन्तिममा ८.४६ प्रतिशतमा झरेको बैंकहरुको ब्याजदर सोपश्चात उकालो लाग्न थालेको थियो । केन्द्रीय बैंकको तथ्याँक अनुसार गत वर्षको माघदेखि नै बैंकहरुको औसत ब्याजदर दोहोरो अंकमा उक्लिएको छ ।
माघमा बैंकहरुको कर्जाको ब्याजदर औसतमा १०.३१ प्रतिशत पुगेको थियो ।करिब डेढ वर्षदेखि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छैनन् ।
प्रतिक्रिया