नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज, क-कस्ले भाग लिन पाउँछन् ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल पुनर्बीमा कम्पनीले आज बिहान ११ बजे कार्की ब्याङ्केट बबरमहलमा सातौ वार्षिक साधारण सभा गर्दैछ । 

साधारणस भामा  आर्थिक वर्ष ७७/७८ को वार्षिक साधारण सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गरिसकेको छ । त्यसकारण १८ गते शनिबार परेकाले आज शुक्रबार अर्थात् भदौ १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षकमा टि.आर. उपाध्या एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, बानेश्वर, काठमाण्डौलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया