१६ जीवन बीमा कम्पनीहरुलाई सात दिन भित्र वित्तीय विवरण पेश गर्न बीमा समितिको निर्देशन

३ बर्ष अगाडि

काठमाडौं- बीमा समितिले तोकिएको समयमा वित्तीय विवरण पेश नगर्ने जीवन बीमा कम्पनीहरुलाई वित्तीय विवरण सात दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले विवरण पेश नगर्ने १६ जीवन बीमा कम्पनीहरुलाई सात दिन भित्र वित्तीय विवरण पेश गर्न निर्देशन दिएको हो ।

बीमा समितिले जारी गरेको जीवन बीमाले सम्बन्धी निर्देशिका २०७८ अनुसार आर्थिक वर्ष समाप्त भएको एक महिना भित्र पेश गर्नुपर्ने व्यवस्था छ । त्यस अनुसार मेट लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ र ज्योति लाइफ इन्स्योरेन्स बाहेक कसैले वित्तीय विवरण पेश गरेका छैनन् ।

हाल सम्म पनि वित्तीय विवरण पेश नगरेका राष्ट्रिय बीमा संस्था, नेशनल लाइफ, नेपाल लाइफ, एलआईसी नेपाल, एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, प्राइम लाइफ, आइएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, रिलायन्स लाइफ, सिटिजन लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्स रहेका छन् ।

यी १६ वटा जीवन बीमा कम्पनीहरुलाई सात दिन भित्र वित्तीय विवरण पेश गर्न समितिले निर्देशन दिएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया