एनआइसी एसिया फण्डको शेयरमा नकरात्मक सर्किट,अन्य कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

३ बर्ष अगाडि

काठमाडौं- केही दिनयता लगातार घटेको शेयरबजारमा दुई दिनयता हरियाली छाएको छ । हिजो पनि दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज पनि उच्च अंकले बढेको हो  ।

आज नेप्से सूचक ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा कायम भएको छ । नेप्से सूचक हिजो तुलनामा आज कारोबार रकम पनि बढेको हो । 

आज शेयर बजार बढेतापनि एनआइसी एसिया फण्डको शेयरमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । 

त्यस्तै, एनआइबिएल प्रगति फण्डको ८.९५, सनराइज फस्ट म्युचल फण्डको ७.६७, सानिमा लार्ज क्याप फण्डको ३.१९ र मैलुङ खोला जलबिद्युतको २.६५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया