ग्रीन डेभलपमेन्ट बैंकको शेयरमा सकरात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

३ बर्ष अगाडि

काठमाडौं- केही दिनयता लगातार घटेको शेयरबजारमा दुई दिनयता हरियाली छाएको छ । हिजो पनि दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज पनि उच्च अंकले बढेको हो  ।

आज नेप्से सूचक ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा कायम भएको छ । नेप्से सूचक हिजो तुलनामा आज कारोबार रकम पनि बढेको हो । 

आज ग्रीन डेभलपमेन्ट बैंकको शेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु. २७३.९० पुगेको छ ।

त्यस्तै, लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ८.३२, युनाइटेड मोदी हाइड्रोपावरको ७.८१, सामुदायिक लघुवित्तको ७.८० र गुरासँ लघुवित्तको ७.७२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया