काठमाडौं- केही दिनयता लगातार घटेको शेयरबजारमा दुई दिनयता हरियाली छाएको छ । हिजो पनि दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज पनि उच्च अंकले बढेको हो ।
आज नेप्से सूचक ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा कायम भएको छ । नेप्से सूचक हिजो तुलनामा आज कारोबार रकम पनि बढेको हो ।
आज ४६ लाख १८ हजार ५१६ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैंया बराबरको शेयर कारोबार भएको छ । हिजो अर्थात मंगलबार ९२ करोडको शेयर खरिदबिक्री भएको छ।
यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २४ रुपैयाँ ९० पैसा बढेर २७३ रुपैयाँ ९० मा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने युनाइटड मोदी हाइड्रोपावर, सामुदायिक लघुवित्त र गोर्खाज फाइनान्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यता एनआईसी एशिया फ्लेक्सी फण्डको इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन साढे ६ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन गोर्खाज फाइनान्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र अपि पावरको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन सबै उपसमूहको परिसूचक उकालो लागेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.९३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक ५.७५ प्रतिशत, विकास बैंकको ४.६२ प्रतिशत र जलविद्युतको ३.६२ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
प्रतिक्रिया