काठमाडौं- केही दिनयता लगातार घटेको शेयरबजारमा दुई दिनयता हरियाली छाएको छ । हिजो पनि दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज पनि उच्च अंकले बढेको हो ।आज नेप्से सूचक ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा कायम भएको छ । नेप्से सूचक हिजो तुलनामा आज कारोबार रकम पनि बढेको हो ।
आज ४६ लाख १८ हजार ५१६ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको सर्वाधिक ६ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख, हिमालय एभरेष्ट इन्स्योरेन्सको ४ करोड ३४ लाख, अपि पावगरको ४ करोड २९ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया