काठमाडौं - ‘खल्ती’ले यसपालिको ‘नाडा ईभी एक्सपो २०२२’ सँग एकमात्र टिकटिङ पार्टनरका रुपमा साझेदारी गरेको छ ।
यस साझेदारीपश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा ईभी एक्सपो २०२२’ को टिकट खल्तीमार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्नेछन् ।
असोज ६ देखि असोज ९ सम्म हुन गइरहेको यस एक्स्पोमा विद्यार्थीले रु. १५० र अरुले रु। २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्तीमार्फत टिकट काट्दा २५ प्रतिशत क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।
विद्युतीय सवारीसाधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न आयोजना गरिन लागेको यस एक्स्पोमा विभिन्न कम्पनीले आफ्नो प्रोडक्ट प्रदर्शन गरी आफ्नो सेवा र स्किमहरुका बारेमा पनि जानकारी गराउनेछन् ।
यस एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लक रहने छन् । एक्स्पोमा ९ वटा ब्रान्डका चारपांग्रे, एउटा ब्रान्डको तीनपांग्रे, १६ वटा ब्रान्डका दुईपांग्रे, ३ वटा ब्रान्डका टायर, २ वटा ब्रान्डका ब्याटरी, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरुको सहभागिता रहेको छ ।
एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिको सेवा एवं इन्स्योरेन्सका छुट्टाछुट्टै स्टल पनि रहनेछन्। थुप्रै स्टलमध्ये खल्तीको पनि एक स्टल रहनेछ । जहाँ सहभागीले खल्तीको विभिन्न अफरहरुका बारे सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् र खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन्।
खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गरेको छ । करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार बढी एजेन्ट नेटवर्कका साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ता छन् ।
यसमार्फत प्रयोगकर्ताले बिलहरु भुक्तानी, मोबाइल र टीभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र अन्य धेरै सेवाको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
यसका साथै खल्तीले प्रदान गर्ने भुक्तानी सेवाहरुले पनि धेरै साना तथा ठूला व्यवसायलाई आफ्नो बिक्री अनलाइन स्थानान्तरण गर्न प्रोत्साहित गरेको छ ।
प्रतिक्रिया