असोज ४ गतेदेखि ३ लाख कित्ता सेयर बिक्रीमा ल्याउदै आशा लघुवित्त, न्यूनतम मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि ३ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ । संस्थाले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो । 

यो लिलामी सेयरमा संस्थाका संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । 

यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतममा १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन् । 

बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १२ गते बैंकिङ समयसम्म तोकिएको छ । 

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया