काठमाडौं - नक्कली नोट र भारतीय मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी मधिया ग्राम पंचायत १४ बस्ने १९ वर्षीय राजु सहनी रहेका छन् ।
जिल्लाको बरियारपट्टी गाउँपालिका –१ बडहरीस्थित इलाका प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरी टोलीले सहनीलाई पक्राउ गरेको हो । उनी दशगजामा लागेको ईन्द्र पुजा मेलाबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट ५०० रुपैयाँको ४ थान नक्कली नोट बरामद गरेको थियो । यस्तै, बिआर ३२ एएफ ५१०१ नम्बरको मोटरसाइकल पनि फेला गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिक्रिया