काठमाडौं - आर्थिक वर्ष २०७७/७८ मा सूचना प्रविधिमा लगानी गरेवापत विदेशी कम्पनीहरुले बढी लाभांश फिर्ता लिएको देखिएको छ । विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेवापत् सूचना प्रविधि क्षेत्रबाट १३ अर्ब ९८ करोड ४० लाख रुपैयाँ लाभांशका रुपमा लैजान सफल भएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा नेपालको विभिन्न क्षेत्रमा लगानी गरेवापत् विदेशी कम्पनीहरुले २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश लैजान सफल भएका छन् । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपालमा विदेशी कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा सो रकम लाभांशका रुपमा विदेश लगेका हुन् ।
सोही आर्थिक वर्षमा विदेशी लगानीकर्ताहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गरेवापत ६ अर्ब ७४ करोड ७० लाख, विद्युतीय उपकरणमा लगानी गरेवापत् ३ अर्ब ८१ करोड ६० लाख, बैंक तथा बीमा क्षेत्रमा लगानी गरेवापत् ८६ करोड ८० लाख, शिक्षा क्षेत्रमार्फत् ३० करोड ३० लाख र अन्य क्षेत्रबाट ३५ करोड ७० लाख रुपैयाँ लाभांश लैजान सफल भएका छन् ।
प्रतिक्रिया