एक महिनामा साढे एक अर्ब बढीको बीमा पोलिसी त्याग

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको साउन महिनामा मात्रै बिमितहरूले साढे एक अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । 

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार एक महिनामा मात्रै बिमितहरूले १ अर्ब ५१ करोड २७ लाख ६७ हजार रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमालेख सरेन्डर गरेका हुन् ।

सबैभन्दा धेरै पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका रहेको छन् । साउन महिनामा कुल सरेन्डर भएको बीमा पोलिसी मध्ये ४३.०३ प्रतिशत अर्थात ३ हजार ६२४ वटा बीमालेख वापत ६४ करोड ९१ हजार रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएको हो ।

नेपाल लाइफपछि एलआईसी नेपालको धेरै बीमालेख सरेन्डर भएको छ । एलआईसीको ३३ करोड ४५ लाख रुपैयाँ बराबरको १ हजार ६६६ वटा बीमालेख सरेण्डर भएका छन् । यो कुल सरेण्डर पोलिसीको १९.७८ प्रतिशत हो ।

यस्तै सबै भन्दा कम पोलिसी सरेन्डर हुनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सन नेपालको १० लाख ८८ हजार रुपैयाँ बराबरको १३ वटा बीमालेख सरेन्डर भएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया