काठमाडौं - सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले फण्डको १२ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात फण्डको इकाईमूल्य १० रुपैयाँ ३० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको मूल्य समायोजन गरेको हो ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा फण्डको इकाई प्रतिकित्ता ११ रुपैयाँमा ५० पैसामा अन्तिम कारोबार भएको थियो । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आफ्ना इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।
फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया