सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म पाउने

३ बर्ष अगाडि

सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । 

कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट भदौ २२ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । त्यस अनुसार २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस पाउनेछन् ।

यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर सार्वजनिक गरको छ ।

चौरासी पुजा अग्रिम नियमित भुक्तानी योजनामा न्युनतम ४५ रुपैयाँ देखि ६५ रुपैयाँ, चौरासी पुजा अग्रिम एकल भुक्तानीमा ७५ रुपैयाँ देखि ९० रुपैयाँसम्म कम्पनीले बीमितलाई बोनस विरतण गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया