विश्व शेयर बजारमा नै उत्साह देखिएको समयमा भारतीय शेयर बजारमा निरन्तर दोश्रो दिन उछाल देखिएको छ ।
भारतको शेयर बजार मंगलबार खुल्नासाथ ९९ अंकको बढोत्तरी देखियो । निफ्टी १८ हजार विन्दुभन्दामाथि कारोबार भइरहेको छ ।
यस्तै सेन्सेक्समा करिब ४०० अंकको उच्च वृद्धि भएको छ । प्रि ओपन सेसनमा शेयर बजारमा ६० हजार ५०० विन्दुभन्दा माथि कारोबार भइरहेको छ ।
अल टाइम हाईमा पुगेको भारतीय शेयर बजारको सेनसेक्समा ३१२.२६ अंकले बढेको थियो । सोमबार बजार बन्द हुने समयमा सेन्सेक्स ६० हजार १०५.४० विन्दुमा पुगेको थियो । यसैगरी, निफ्टी ५० सूचकमा पनि वृद्धि देखिएको थियो । निफ्टी ९७.५० अंकले बढेर १७ हजार ९३०.८० विन्दुमा बन्द भएको थियो ।
अमेरिकी शेयर बजारमा वृद्धि भएसँगै त्यसको प्रभाव भारतीय शेयर बजारमा पनि देखिएको हो । शुक्रबारयता अमेरिकाको शेयर बजार पुनः लयमा फर्किएको हो ।
विश्व बजारमा हाल कच्चा तेल सात महिना यताकै सस्तो रहेको छ । अर्कोतर्फ डलरमा वृद्धि
देखिएको छ जसकारण अमेरिकी शेयर बजारमा हरियाली देखिएको छ । यसैगरी, एशियाली शेयर बजार पनि सकरात्मक रहेको छ । जापानको निक्केई ०.१९ प्रतिशतले वृद्धि भएको छ । यस्तै चीनको शांघाई कम्पोजिट पनि ०.३३ प्रतिशतले बढेको छ । हङकङको शेंसेंगमा पनि ०.४७ प्रतिशतले बढोत्तरी देखिएको छ ।
प्रतिक्रिया