काठमाडौं, सानिमा इक्वीटि फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।
सानिमा क्यापिटल व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालित उक्त योजनाले इकाइधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअनुसार इकाइधनीहरुलाई कुल २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो।
यो योजनाको आकार १ अर्ब ३० रुपैयाँबराबरको छ।
यस योजनाको प्रतिफल वितरणार्थ बुक क्लोजसम्बन्धी जानकारी भने पछि सूचना प्रकाशित गराइने क्यापिटलले जनाएको छ।
प्रतिक्रिया