एनआईबिएल प्रगति फन्डको बुकक्लोज भोलि हुदैँ, आजसम्म कायम इकाइधनीले मात्र प्रतिफल पाउने

३ बर्ष अगाडि

काठमाडौं, एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डको प्रतिफल सुरक्षित गर्ने आज (भदौ २८ गते) अन्तिम दिन रहेको छ। 

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको सञ्चालक समितिको बैठकले यो फन्डको प्रतिफल भोलि (भदौ २९ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ २८ गतेसम्म कायम इकाइधनीहरुमात्रै यो फन्डको प्रतिफल पाउन योग्य हुनेछन्।

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापन एनआईबिएल एस क्यापिटलको गत भदौ ९ गते अपराह्न बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८–७९ का लागि एनआईबिएल प्रगति फन्डको लाभांश घोषणा गरेको थियो। बैठकले यो योजनाका इकाइधनीहरुलाई करसहित ४.२० प्रतिशतका दरले हुन आउने ३ करोड १५ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया