वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, कुन कतिले ?

३ बर्ष अगाडि

काठमाडौं, वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन(एनबीए)ले सार्वजनिक गरेको पछिल्लो एक साताको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको छ ।

पछिल्लो एक साता (भदौ १८ गतेदेखि भदौ २४ गतेसम्म)को तथ्यांकले वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखाएको हो। 

ज्ञटटज्ञटडठडद्धद्धद्दछण्हद्दछण्(।नष
तथ्यांकअनुसार (भदौ १८ गतेदेखि भदौ २४ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ १७ गतेसम्म कुल निक्षेप ४४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो। 

एनबीएको तथ्यांकअनुसार यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ७ अर्ब रुपैयाँले नै बढेको छ। गत भदौ १७ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा भदौ २४ गतेसम्म बढेर ४१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। 

भदौ २४ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो भने सामान्य बढेर ८८.३६ प्रतिशत पुगेको छ। गत भदौ १७ गतेसम्म औसत सीडी रेसियो ८८.२५ प्रतिशत थियो। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया