काठमाडौं, एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदाबी रकम भुक्तानी गरेको छ ।
कम्पनीको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको हो । बुढीगंगा – ०४, मोरंग बस्ने कम्पनीका बिमित शंकर चौधरी खवासको कोभिड १९ को कारण उपचारको क्रममा मृत्यु भएकोले निजकी श्रीमती सुशिला कुमारी खवासलाई कार्यालयमा एक कार्यक्रम आयोजना गरि १५ लाख ९५ हजार २४० रुपैयाँको चेक बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले हस्तान्तरण गरेका हुन् ।
मृतकको २ वर्ष अगाडी सार्बधिक जिबन बीमा योजनामा १५ लाखको बिमा ,बार्षिक रु. १ लाख ६ हजार २६८ जम्मा गर्ने गरि २ किस्ता कुल रु २ लाख १२ हजार ५३६ यस कम्पनीमा जम्मा गरेको थियो ।
प्रतिक्रिया