लगातार छैठौँ दिन शेयर बजार ओरालो यात्रामा, आज पनि कारोबार करोडमा सिमित

३ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन (सोमबार)  पनि शेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । लगातार छैठौँ दिन बजार घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.५९ अंकले घटेर १९१२.६९ विन्दुमा झरेको छ । नेप्से ०.७१ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.३९ अंकले घटेर ३७२.३४ विन्दुमा झरेको छ ।

आज कारोबारमा आएका कूल २२५ वटा कम्पनीको २६ लाख १३ हजार ५ सय ४० कित्ता शेयर खरिदबिक्री हुँदा ८३ करोड १६ लाख ३ हजार ६ सय ५१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक बाँकी सबै वटा उपसमूहको शेयर घटेको छ ।

सोमबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड ७ लाख ५४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य ४.१७ प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया