काठमाडौं - समृद्धि फाइनान्सले आफ्नो सातौँ शाखाका रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन सोमबार एक औपचारिक कार्यक्रम गरी गरेको छ ।
प्रमुख अतिथि बनेपा नगरपालिकाकी मेयर शान्तिरत्न शाक्यबाट बनेपा शाखाका औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रममा बनेपा उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलान्चोके, बनेपा–८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धरलगायतका व्यक्तित्वको उपस्थिति थियो ।
समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँचगुणा र २० वर्षमा पैसा आठगुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया